शनिबार, कार्तिक २१, २०८३
हेटौँडामा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किए, उपचारका क्रममा युवकको मृत्यु

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति वाग्मती प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। प्रहरी टोलीले उनलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्‍याएको थियो।

उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले पाण्डेलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: शनिबार, कार्तिक २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय