शनिबार, कार्तिक २१, २०८३
चाडपर्वले सहअस्तित्व र सद्भावको भावना प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले काग तिहारको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले यमपञ्चकको पहिलो दिन कागलाई यमराजको दूत मानेर मीठा परिकार खुवाउने परम्पराको सांस्कृतिक महत्त्व उल्लेख गरेका छन्।

उनले प्राचीन समयमा काग कराउँदा समाचार वा पाहुना आउने विश्वास गरिने गरेको स्मरण गर्दै यमराजलाई न्यायको प्रतीकका रूपमा बुझ्ने नेपाली संस्कृतिको चर्चा गरेका छन्।

त्यस्तै, कुकुर तिहारको सन्दर्भमा कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथी भन्दै घरको सुरक्षादेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।

उनले सत्य, न्याय र इमानदारीको बाटोमा अघि बढ्दै समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा चाडपर्वले प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रकाशित: शनिबार, कार्तिक २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय