शुक्रबार, कार्तिक २०, २०८३
अर्घाखाँचीमा ३० यात्रु सवार बस दुर्घटना, चार जनाको अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा दुर्घटना भएको हो।

अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बसमा दुर्घटनाका बेला ३० जना सवार थिए। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई पनि चोटपटक लागेको छ।

घाइतेहरूलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ। बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित: शुक्रबार, कार्तिक २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय