
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा सरकारले अपेक्षा गरेअनुसार विदेशी अनुदान प्राप्त गर्न कठिन रहेको बताएका छन्।
रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारसम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षमा ७ देखि ८ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्न पनि कठिन अवस्था रहेको बताएका हुन्।
सरकारले चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको अनुदान सहयोग प्राप्त गर्ने अनुमान गरेको थियो। तर बजेट आएको पाँच महिनापछि अर्थमन्त्रीले अनुमानित रकमको करिब १० प्रतिशत हाराहारीमा मात्रै अनुदान प्राप्त हुने प्रक्षेपण गरेका छन्।
उनले विदेशी अनुदान घट्दै गएको उल्लेख गर्दै अब विकास निर्माण तथा अन्य आवश्यकताका लागि सहुलियतपूर्ण ऋणको विकल्प नरहेको बताएका छन्।

