शुक्रबार, कार्तिक २०, २०८३
प्रहरी महानिरीक्षकबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कार्कीको रिट दर्ता

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।

कार्कीले बिहीबार आफ्ना वकिलमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। तर अध्ययनका क्रममा रहेकाले बिहीबार दर्ता हुन नसकेको निवेदन शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। तर उनले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन्। अब उक्त रिटमा सुनुवाइका लागि पेसी तोकिने प्रतीक्षा छ।

प्रकाशित: शुक्रबार, कार्तिक २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय