
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार गीता तिमिल्सिनाको मृत्यु भएको छ।
आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा उहाँको मृत्यु भएको र घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

