
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ३ सय रुपैयाँ पुगेको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला २६५ रुपैयाँको वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

