शुक्रबार, कार्तिक २०, २०८३
त्रिविको गुमेको गरिमा फर्काउने अभियानमा ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग हुँदै आएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन्।

बुधबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि त्रिविको सम्पत्ति संरक्षण र अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु गरेको उल्लेख गरेका छन्।

त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, इच्छाशक्ति र प्रशासनिक पहलका कारण ६ महिनामै काठमाडौं उपत्यकाभित्र मात्रै करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल भएको उनको भनाइ छ।

उनले फिर्ता भएको जग्गा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा प्रदान तथा अत्याधुनिक अनुसन्धान केन्द्र र शैक्षिक पूर्वाधार निर्माणमा प्रयोग गरिने बताएका छन्।

प्रकाशित: बिहिबार, कार्तिक १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय