शुक्रबार, कार्तिक २०, २०८३
पत्रकार पक्राउ र आईजीपी परिवर्तनको विषयमा कांग्रेसले धारणा बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारका गतिविधि तथा विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा सरकारले बुधबार गरेको आईजीपी परिवर्तनको निर्णयलाई समेत प्राथमिकताका साथ उठाइने भएको छ। दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई नयाँ आईजीपी नियुक्त गरिएको विषयमा कांग्रेसले पार्टीको धारणा तय गर्ने बुझिएको छ।

त्यसैगरी, पत्रकारहरूको पक्राउ तथा सञ्चारमाध्यममा गरिएको धरपकडको विषयमा पनि छलफल हुनेछ। कांग्रेसले यसअघि उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न र तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरिसकेको छ।

प्रकाशित: बिहिबार, कार्तिक १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय