
काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस वर्ष दसैँमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै २’ ले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्।
उनले आज सामाजिक सञ्जालमार्फत फिल्मको असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन्।
गिरीले जित हुँदा उत्सव मनाउने र हार्दा चुपचाप लुकेर बस्ने प्रवृत्तिको अर्थ नरहेको उल्लेख गर्दै ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ’ भनेका छन्।
उनले फिल्म असफल हुनुका कारणको विश्लेषण गर्दै आगामी दिनमा अघि बढ्नुपर्ने धारणा राखेका छन्। साथै, फिल्म हेर्न हलसम्म पुगेका दर्शकप्रति आभार व्यक्त गरेका छन्।

