सोमबार, कार्तिक १६, २०८३
२१० किलो गाँजा ओसारपसारको तयारी भइरहेको अवस्थामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले आज बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा कारबाही गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको हो। गाँजा लोड गर्न प्रयोग गरिएका दुवै स्कार्पियोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सप्तरीका तीन जना, भारतको बिहारका एक जना र धरानका एक जना रहेका छन्। पक्राउका क्रममा उनीहरूले भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

प्रकाशित: सोमबार, कार्तिक १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय