
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज क्रिकेटप्रेमीले दुई खेलको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाउनेछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच पहिलो खेल हुनेछ।
काठमाडौँ पहिलो जितको खोजीमा मैदान उत्रँदा कर्णाली तेस्रो जित निकाल्ने योजनामा हुनेछ। त्यसैगरी, साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ।
दुई खेलमा एक जित र एक वर्षाका कारण अङ्क बाँडेको चितवन अपराजित छ भने तीन खेलमध्ये एकमा मात्र जित निकालेको सुदूरपश्चिम चौथो खेलमा पुनरागमन गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

