सोमबार, कार्तिक १६, २०८३
आकाशे पुल निर्माणका लागि मलेखु–मुग्लिङ सडकमा आवागमन रोकिने

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मझिमटारमा आकाशे पुलको गर्डर राख्ने कार्यका लागि आज मलेखु–मुग्लिङ सडकखण्ड बन्द गरिने भएको छ।

निर्माण कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म चार घण्टा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डले सडक बन्दका कारण यात्रु तथा चालकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै आवश्यक सहयोग, धैर्य र ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित: सोमबार, कार्तिक १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय