
काठमाडौँ । एनपीएलको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि खेल सुरु हुनेछ।
एक जित र एक हारको नतिजासहित मैदान उत्रन लागेको जनकपुर आत्मविश्वासका साथ दोस्रो जितको खोजीमा हुनेछ। यता पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको पोखरा भने प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।

