
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला घटनाक्रमलाई लिएर आज विशेष बैठक गर्न लागेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापासहित शीर्ष पदाधिकारीहरू सहभागी हुनेछन्।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरूको सहभागिता रहने बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने बताइएको छ।
बैठकपछि सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्नेछन्। उनको सम्बोधन कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत बोलाइएको छ।

