
काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क उठाउन सुरु गरिने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सवारीसाधनको प्रकृति र यात्राको दिशालाई आधार मानेर शुल्क निर्धारण गरिएको हो।
नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
मिनी बस तथा मिनी टिपर/ट्रकका लागि ११५/८० रुपैयाँ, बस तथा सिंगल रियर एक्सल ट्रकका लागि २६०/२०० रुपैयाँ र मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि ६००/२५० रुपैयाँ शुल्क तोकिएको छ।

