सोमबार, कार्तिक १६, २०८३
भोटेकोसीको पर्यटन विकासका लागि होमस्टे सञ्चालकलाई क्षमता विकास तालिम

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका–१, लिस्तिकोटमा स्थानीय पर्यटन प्रवर्द्धन तथा होमस्टे व्यवसायको गुणस्तर सुधार गर्ने उद्देश्यले होमस्टे सञ्चालकहरूका लागि क्षमता विकास तालिम सुरु गरिएको छ।

आगामी १७ गतेसम्म सञ्चालन हुने तालिममा होमस्टे व्यवस्थापन, बजारिकरण, अतिथि सत्कार, लेखा प्रणाली, स्थानीय कला–संस्कृति, धार्मिक पर्यटन र रैथाने खानाका परिकारबारे प्रशिक्षण दिइनेछ।

उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका लेखापाल सन्तकुमार पुलामीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा युनेस्को सिन्धुपाल्चोकका अध्यक्ष रविन्द्र श्रेष्ठ, प्रशिक्षक मोहन गजुरेल र विदुर पोखरेल, भोटेकोसी युनेस्कोका अध्यक्ष कर्णबहादुर प्रधान, नारायण प्रधानलगायतको उपस्थिति थियो। कार्यक्रम हरि वि.क.ले सञ्चालन गर्नुभएको थियो।

स्थानीय मौलिकता, संस्कृति, प्राकृतिक सम्पदा र रैथाने खानालाई पर्यटनसँग जोडेर होमस्टे व्यवसायलाई दिगो तथा आयमूलक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

यस्ता कार्यक्रमले लिस्तिकोटलगायत भोटेकोसी क्षेत्रको पर्यटन सम्भावना उजागर गर्दै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: शुक्रबार, कार्तिक १३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय