
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी गरेको छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै पार्टीले नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गराउने प्रक्रिया अघि बढाउन लागेको हो।

