
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चयन भएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूमध्ये सभापति गगन थापाबाहेक २३० जनाले अझै पद तथा गोपनीयताको शपथ लिएका छैनन्।
निर्वाचन समितिले उनीहरूका लागि आज दिउँसो २ बजे शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

