
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्न सके मात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताउनुभएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत तीन केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै अध्यक्ष ओलीले जनतामा पार्टीप्रतिको आकर्षण फर्काउन सक्रिय हुन निर्देशन दिनुभयो।
शपथ ग्रहण गर्नेमा केन्द्रीय सदस्यहरू मोहम्मद इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारी रहेका छन्।
कार्यक्रममा महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाललगायत पार्टीका नेताहरूको उपस्थिति थियो।

