बुधबार, कार्तिक १२, २०८३
नेप्से ३३.२९ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक

काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ। यो परिसूचक साउन ३० गतेयताकै उच्च हो।

आज २४१ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन भदौ ३० गतेयताकै उच्च हो।

आज जलविद्युत् समूहमा सबैभन्दा धेरै २.०६ प्रतिशत वृद्धि भएको छ। व्यापार समूहबाहेक सबै समूहका सूचक बढेका छन्। बैंकिङ १.३६, फाइनान्स १.५५, जीवन बीमा १.५९ र लगानी समूह १.५२ प्रतिशतले बढेका छन्।

कम्पनीतर्फ बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ। बुटवल पावरको १०.६० प्रतिशत र सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशतले मूल्य बढेको छ। यता सिर्जनशील लघुवित्तको मूल्य २.३० प्रतिशतले घटेको छ।

प्रकाशित: बुधबार, कार्तिक १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय