बुधबार, कार्तिक १२, २०८३
परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्सबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: बुधबार, कार्तिक १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय