बुधबार, कार्तिक १२, २०८३
सुर्खेतमा दाउराले प्रहार गर्दा ६२ वर्षीय पुरुषको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा दाउराले प्रहार गर्दा ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ।

प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले गएराति करिब ११ बजे राजीको टाउको र बायाँ खुट्टामा चिरपट (दाउरा) प्रहार गरेका थिए।

घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: बुधबार, कार्तिक १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय