मंगलबार, कार्तिक ११, २०८३
एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको विशेष प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ५९९ रुपैयाँको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

३० दिनको समयावधि रहेको यस प्याकेजमा ग्राहकले दैनिक ८ जीबी डाटा र जुनसुकै नेटवर्कमा ३३३ मिनेट भ्वाइस कल सुविधा पाउनेछन्। प्रिपेड तथा पोस्टपेड दुवै प्रयोगकर्ताले यो प्याकेज खरिद गर्न सक्नेछन्।

प्याकेज कात्तिक १० देखि मङ्सिर ५ गतेसम्म उपलब्ध हुनेछ। ग्राहकले *14159# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्। पोस्टपेड प्रयोगकर्ताको हकमा प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ।

प्रकाशित: मंगलबार, कार्तिक ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय