मंगलबार, कार्तिक ११, २०८३
नेप्से ०.९४ अङ्कले बढेर २६३०.७६ विन्दुमा बन्द

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। कारोबार समयको अन्त्यमा नेप्से ०.९४ अङ्कले बढेर २६३०.७६ विन्दुमा पुगेको हो।

बजारमा सुरुवाती समयमा गिरावट देखिए पनि पछिल्लो समयमा सुधार आएको थियो। आज ३६० कम्पनीका १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँमा कारोबार भएका छन्।

आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारमा बेनी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक १४.९८ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाका सेयरधनीले १२.०९ प्रतिशतले मूल्य वृद्धि हुँदा लाभ कमाएका छन्।

प्रकाशित: मंगलबार, कार्तिक ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय