मंगलबार, कार्तिक ११, २०८३
सुर्खेतमा हत्या आरोपमा ४० वर्षीय टेकबहादुर विक पक्राउ

सुर्खेत । सुर्खेतमा ६२ वर्षीय मानबहादुर राजीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरका राजीमाथि चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोही ठाउँका ४० वर्षीय मैते भन्ने टेकबहादुर विकलाई आज दिउँसो पक्राउ गरिएको हो।

गम्भीर घाइते राजीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: मंगलबार, कार्तिक ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय