
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

