
चितवन । पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४, धारापानीमा बस, ट्रक र माइक्रोबस दुर्घटनामा परेका छन्। दुर्घटनामा ११ जना घाइते भएका छन्।
आज बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिन जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

