मंगलबार, कार्तिक ११, २०८३
इटहरीमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख ५६ हजार रुपैयाँसहित आठ जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु. ४ लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–४, शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मोहन घिमिरे, मनोज राई, ईश्वर कार्की, टीकाराम गेलाल, जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: सोमबार, कार्तिक १०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय