
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उक्त दिन अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी नगरमा शपथ ग्रहण समारोह आयोजना गरिनेछ।
समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्धारित समयमा समारोहमा उपस्थित हुन अनुरोध गरेको छ।

