मंगलबार, कार्तिक ११, २०८३
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख ९० हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी ११५ रुपैयाँले बढेर चार हजार १५० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँ र चाँदी चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: शुक्रबार, आश्विन ३०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय