
काठमाडौँ । नेकपा (एमाले) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडा र पालिका कमिटीका अधिवेशनको मिति तय गरेको छ।
पार्टीले आगामी मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो।
एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार अधिवेशनमार्फत तल्लो तहमा नेतृत्व पुनर्गठन गर्नुका साथै प्रदेश र जिल्ला तहका नेतृत्व तथा जनप्रतिनिधिलाई एकीकृत रूपमा परिचालन गरिनेछ।
पार्टीले जनतासँग प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। साथै, ‘जेनजी’ आन्दोलनका घटना, निर्वाचनको वातावरण, पार्टीमाथि लागेका आरोप र आफ्नै कमजोरीबारे समीक्षा भइरहेको जनाएको छ।
महँगी, बेरोजगारी, किसान तथा मजदुरका समस्या, शिक्षा, स्वास्थ्य, महिला सुरक्षा, सुकुमवासीको आवास र प्रवासी नेपालीका सवाललाई राजनीतिक कार्यसूचीमा समेट्नुपर्ने एमालेको धारणा छ।
तीन दिनदेखि जारी पा

