बुधबार, कार्तिक १२, २०८३
तम्घासमा भेडा प्रतिकिलो १ हजार, च्याङ्ग्रा १ हजार २०० रुपैयाँ

काठमाडौँ । दशैंलाई लक्षित गर्दै गुल्मीको सदरमुकाम तम्घासमा भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि ल्याइएको छ। धार्मिक आस्था, भाकल तथा परम्परागत पूजाआजाका लागि भेडा खरिद गर्ने चलनले गर्दा दशैंको समयमा यस्ता पशुको माग बढ्ने गरेको छ।

बागलुङको ढोरपाटनबाट व्यवसायीले यस वर्ष करिब एक सय वटा भेडा तथा च्याङ्ग्रा तम्घास ल्याएका हुन्। असोज ४ गतेदेखि यात्रा सुरु गरी ल्याइएका पशुको बिक्री अहिले भइरहेको छ।

व्यवसायीका अनुसार भेडा तथा च्याङ्ग्रा साना–ठूला आकारअनुसार बिक्री भइरहेका छन्। हाल च्याङ्ग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २०० रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँ मूल्य कायम गरिएको छ। दशैं नजिकिएसँगै तम्घासमा भेडा–च्याङ्ग्राको कारोबार बढ्न थालेको छ।

प्रकाशित: शुक्रबार, आश्विन २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय