सोमबार, कार्तिक १०, २०८३
निर्वाचन ढिलाइप्रति क्षमा माग्दै गगन थापाले गरे निष्पक्ष मतदानको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति गगनकुमार थापाले प्राविधिक कारणले पार्टीको निर्वाचन एक दिन ढिलो हुन पुगेकोमा क्षमा माग्दै महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्वक निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

उनले पार्टीको आन्तरिक निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अवसरका रूपमा लिन अनुरोध गर्दै सबै प्रतिनिधिलाई मर्यादित र संयमित ढङ्गले सहभागी हुन अपिल गरेका छन्।

थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारका सूची प्रचार भइरहेको विषयमा स्पष्ट पार्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन नठान्न आग्रह गरेका छन्। पार्टीभित्र कुनै पनि गुट वा प्यानल नरहेको उल्लेख गर्दै उनले अफवाहबाट टाढा रहन र पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र विवेक, मूल्याङ्कन तथा विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

प्रकाशित: शुक्रबार, आश्विन २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय