सोमबार, कार्तिक १०, २०८३
सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाए, एनएमबी डिबेन्चरको मूल्य बढ्यो

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ।

बजारमा ०.४५ प्रतिशतको गिरावट आउँदा ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल ३५६ धितोपत्रको ४३ हजार ६८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएको हो।

आज म्युचुअल फन्ड र व्यापार उपसमूहबाहेक सबै उपसमूहको मूल्य घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह ०.७३ प्रतिशतले घटेको छ।

बढ्ने धितोपत्रतर्फ एनएमबी डिबेन्चरको मूल्य १४.२९ प्रतिशतले बढेको छ भने एसबीएल डिबेन्चर ८.८० प्रतिशतले उक्लिएको छ। घट्नेमा सिन्धु विकास बैंकको मूल्य ८.५५ प्रतिशतले घटेको छ भने धौलागिरि लघुवित्त वित्तीय संस्था ४.९५ प्रतिशतले घटेको छ।

प्रकाशित: शुक्रबार, आश्विन १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय