बुधबार, कार्तिक १२, २०८३
एलपी ग्यास वितरणमा सुरक्षा निकायलाई पनि सहभागी गराउने तयारी

काठमाडौँ । सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा सुरक्षा निकायलाई पनि सहभागी गराउने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रबाट ग्याससमेत वितरण गर्न सकिने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ।

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमनसम्बन्धी कार्यक्रममा उहाँले ग्यास वितरणमा समस्या आएको अवस्थामा सुरक्षा निकायका आउटलेटबाट बिक्री गर्दा उपभोक्तालाई सहज हुने बताउनुभयो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोलियम बिक्री केन्द्रमा ग्यासका लागि समेत कम्तीमा एक–दुईवटा आउटलेट राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। सम्भावित ग्यास अभावका बेला राज्यलाई आपूर्ति व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो तयारी गरिएको उहाँको भनाइ छ।

प्रकाशित: शुक्रबार, आश्विन १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय