सोमबार, कार्तिक १०, २०८३
राष्ट्रसंघ महासभामा नेपालले उठाएका विषयबारे परराष्ट्रमन्त्री खनालको संसद्मा जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले उठाएका विषयबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ।

महासभाको ‘जनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायलगायत नेपालको राष्ट्रिय सरोकारका विषय प्रस्तुत गर्नुभएको र त्यसले जलवायु न्यायलाई व्यवहारमा परिणत गर्ने बहसलाई योगदान पुर्‍याएको मन्त्री खनालले बताउनुभयो।

महासभाका क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीसँग भेटवार्ता एवं छलफल भएको थियो। साथै, विभिन्न सत्रमा सहभागी हुँदै नेपालका प्राथमिकता र धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो।

प्रकाशित: शुक्रबार, आश्विन १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय