
मनाङ । नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार बिहीबार चार शव फेला परेसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
घटनास्थलमा नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (एनएनएमजिए) को नेतृत्वमा हिमालयन होलिडेज, सेभेन समिट ट्रेक्स तथा स्थानीय गाइडहरूको समन्वयमा खोजी तथा उद्धार कार्य जारी छ।
उद्धारका लागि आइएफएमजिए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीसहित ११ जना अनुभवी क्लाइम्बिङ गाइड तथा स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ।
गत असोज ११ गते करिब ५ हजार २०० मिटर उचाइमा हिमपहिरो जाँदा १६ जना बेपत्ता भएका थिए। तीमध्ये ११ जना भोलिपल्ट सकुशल सम्पर्कमा आएका थिए। बाँकी बेपत्ताको खोजी जारी रहेको संघले जनाएको छ।

