बुधबार, कार्तिक १२, २०८३
लुम्बिनी प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।

जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको र अब कामको मूल्याङ्कन परिणामका आधारमा हुनुपर्ने बताए। उनले जनताले विकासको प्रतिफल खोजिरहेको उल्लेख गर्दै आलोचना मात्र गरेर विकास सम्भव नहुने धारणा राखे।

सङ्घीय सरकारअन्तर्गत बजेट अभावलगायत कारणले अलपत्र परेका आयोजना अघि बढाउन निरन्तर समन्वय र पहल भइरहेको उनले बताए। सङ्घीय सरकारका सशर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको उनको भनाइ छ।

प्रकाशित: बिहिबार, आश्विन १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय