बुधबार, कार्तिक १२, २०८३
प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको जानकारी दिएका छन्। मन्त्रिपरिषद्ले असोज १३ गते अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित: बिहिबार, आश्विन १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय