
मनाङ । मनाङको हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराएका आरोहीमध्ये थप तीन जनाको शव फेला परेको छ।
नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अनुसार बुधबार खोजी तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको हो। यसअघि वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेसहित चार जनाको शव फेला परेको थियो।
गत असोज ११ गते नार्फाभूमि गाउँपालिका–५ मा करिब ५ हजार २०० मिटर उचाइमा हिमपहिरो जाँदा १६ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना भोलिपल्ट सकुशल सम्पर्कमा आएका थिए।
पहिरोमा परेका अझै नौ जना आरोही तथा सहयोगी सम्पर्कविहीन रहेको संघले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।

