
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
चारवटै प्रस्ताव प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

