
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित पैदल वसन्तपुर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ।
इन्द्रजात्रा पर्वको समापन समारोहका अवसरमा न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारी, भैरव र गणेशको दर्शन गर्नुभयो।
सो अवसरमा उहाँले जीवित देवी कुमारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभएको छ।

