बुधबार, कार्तिक १२, २०८३
ताकुर्चेमा सुक्खा पहिरो, हेटौंडा–काठमाडौँ सडक सम्पर्क प्रभावित

ललितपुर । बागमती गाउँपालिका–३ ताकुर्चेमा सुक्खा पहिरो खसेपछि हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण सडकमा सवारीसाधन आवतजावत गर्न सकेका छैनन्। सडक खुलाउन पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

तर, घटनास्थलमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले बताएका छन्।

प्रकाशित: बुधबार, आश्विन १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय