
एजेन्सी । जम्मु-कश्मीरको कठुआ जिल्लामा सीआईएसएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको छ।
मंगलबार साँझ माश्का क्षेत्रमा भएको घटनामा चार जना गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

