बुधबार, कार्तिक १२, २०८३
नेप्सेमा दोहोरो अंकको गिरावट, २२४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६ दशमलव ४७ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक दुई हजार ६१३ दशमलव ३३ विन्दुमा झरेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से शून्य दशमलव ६२ प्रतिशतले घटेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ३४ अंकले घटेर ४६७ दशमलव ६७ विन्दुमा पुगेको छ।

त्यस्तै, फ्लोट सूचक एक दशमलव ११ अंकले घटेर १८० दशमलव शून्य सात विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अंकले घटेर १५७ दशमलव ८८ विन्दुमा कायम भएको छ।

आज विभिन्न कम्पनीका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा खरिदबिक्री भएका छन्।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक शून्य दशमलव २३ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको परिसूचक घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सेयर मूल्य बढ्ने कम्पनीमा केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरलगायत रहेका छन्। त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: सोमबार, आश्विन १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय