
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य, सामाजिक सुरक्षा तथा विभिन्न नेपाल ऐन संशोधनसँग सम्बन्धित छ वटा विधेयक प्रस्तुत गरिएका छन्।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चार वटा विधेयक प्रस्तुत गरिन्। तीमध्ये आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक तथा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक प्रस्तुत गरिन्।
सभामुखले भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु न्यायसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने जानकारी दिएका छन्।

