
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।
राष्ट्र बैंकले एक महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरेर रकम संकलन गर्न लागेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।
आज हुने बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउनेछन्। उपकरणको साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

