
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सांसद रचना खतिवडाविरुद्ध दिएको अभिव्यक्तिको विषयमा प्रहरीले पक्राउ गरेको छ। साइबर ब्यूरोबाट खटिएको टोलीले सोमबार भक्तपुरस्थित प्रसाईंको निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो। खतिवडाविरुद्ध प्रसाईंले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको प्रहरीको भनाइ छ।

