बुधबार, कार्तिक १२, २०८३
अधिवेशनभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न विपद्को अवस्थामा राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत थापाले मौसम विभाग तथा सम्बन्धित निकायका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै जोखिम रहेका स्थानमा अधिवेशनका निर्वाचन गतिविधि रोक्दै राहत तथा उद्धारमा केन्द्रित हुन आग्रह गरेका छन्।

उनले कांग्रेसका सबै तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा क्रियाशील सदस्यहरूलाई आ–आफ्नो क्षेत्रको अवस्था बुझेर विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा खटिन आग्रह गरेका छन्।

थापाले भौतिक तथा साङ्गठनिक प्रक्रियाभन्दा नागरिकको सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गर्दै तत्कालका लागि अधिवेशनभन्दा राहत र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रकाशित: आइतबार, आश्विन ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय